Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड सवार हेलिकप्टर आकस्मिक अवतरण

    प्रधानमन्त्री प्रचण्ड सवार हेलिकप्टर आकस्मिक अवतरण

    अनलाइन नेपाल
  • सोमबार, ४ असार २०८०
  • 2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको टोली विराटनगर प्रस्थान गरेको छ ।

    संखुवासभाको बाढी पहिरो निरीक्षण गरी पाँचथरका लागि उडेको हेलिकप्टर अवतरण हुन नसकेपछि प्रधानमन्त्री प्रचण्डसहितको टोली विराटनगर प्रस्थान गरेको हो ।



    नेपाली सेनाको हेलिकप्टरबाट संखुवासभाको तुम्लिङटार गएको टोली त्यहाँबाट पाँचथर प्रस्थान गरेको थियो ।



    तर प्रतिकूल मौसमका कारण पाँचथरमा हेलिकप्टर ल्याण्ड गर्न नसकेपछि विराटनगरतर्फ गएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री प्रचण्ड आजै बाढीपहिरो प्रभावित ताप्लेजुङ र पाँचथरको अवलोकन गरी काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार