काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत र नेपालका लागि बेलायतका राजदूत निकोला क्याथरिन पोलिटबीच भेटवार्ता भएको छ ।
सोमबार भएको भेटमा बेलायतमा नेपाली नर्स लैजाने विषयमा भइरहेको प्रगतिको बारेमा छलफल भएको बताईएको छ।
भेटका क्रममा मन्त्री बस्नेतले दुई देशकाबीचमा भएका सहयोगका क्रियाकलापहरु र नेपाललाई स्वास्थ्यलगायत अन्य क्षेत्रमा बेलायतले गरेको सहयोगको स्मरण गर्दै धन्यवाद दिएका छन् ।
राजदूत निकोलाले वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा गर्दै आएको सहयोगलाई निरन्तरता दिने बताइन् ।
साथै ब्रिटिस गोरखाहरुलाई नेपालमा उपचार गर्ने विषयमा पनि छलफल गरेका छन् ।
Leave a Reply