Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • तस्बिरमा हेर्नुस् प्रहरी प्रधान कार्यालयमा भएको नवौं अन्तर्राष्ट्रिय योग दिवस

    तस्बिरमा हेर्नुस् प्रहरी प्रधान कार्यालयमा भएको नवौं अन्तर्राष्ट्रिय योग दिवस

    अनलाइन नेपाल
  • सोमबार, ४ असार २०८०
  • 960
    SHARES

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ नवौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित एक दिवसीय योग विज्ञान शिविर तथा उत्प्रेरणा कार्यक्रममा सहभागी भएका छन् ।



    सोमबार बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले योगलाई जीवनको अभिन्न अंगका रूपमा अनुशरण गर्नु पर्ने बताएका छन् ।



    गृहमन्त्री श्रेष्ठले व्यक्ति र समाजले योग अभ्यास र ध्यानको महत्वलाई आत्मसात गर्दा शरीरिक एवम् मानसिक स्वच्छता, जागरण, संतुलन र रूपान्तरण प्रकृयामा समेत योगदान पुग्ने बताए ।

    आफुले योग र ध्यानलाई सरकारको नीति तथा कार्यक्रममा नै समेटेर संस्थागत गर्न पहल गरेको चर्चा गर्दै उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी, अन्य प्रशासनिक क्षेत्र एवम् कारागारमा समेत योग शिविरहरू सन्चालन गर्नुपर्ने बताए ।

    सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले पतंजली योग समिति, नेपालका मुख्य केन्द्रीय प्रभारी लवदेव मिश्र, युवा केन्द्रीय संयोजक लोकनाथ खनाल र सह–केन्द्रीय प्रभारी अर्चना घिमिरेलाई प्रशंसापत्र प्रदान गरे ।

    प्रभारी मिश्रले प्रमुख अतिथि श्रेष्ठ, प्रहरी प्रमुख बसन्त बहादुर कुँवरसहित कार्यक्रममा उपस्थित सबैलाई योगाभ्यास समेत गराएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार