Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • पोलिमर नोट प्रकरणका तीनै जना आरोपितले पाए सफाइ

    पोलिमर नोट प्रकरणका तीनै जना आरोपितले पाए सफाइ

    अनलाइन नेपाल
  • मंगलबार, ३० असार २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । विशेष अदालत काठमाडौंले पोलिमर नोट छपाई सम्बन्धी मुद्दामा आरोपित तीनै जनालाई सफाइ दिएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्दान आयोगले नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर डा. तिलक रावल, नेपाल राष्ट्र बैंकका तत्कालिन नोट विभाग प्रमुख उपेन्द्र केशरी पौड्याल र स्थानीय प्रतिनिधि हिमालयबहादुर पाँडे विरुद्ध २०७५ पुसमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।



    विशेष अदालतका अध्यक्ष शिवराज अधिकारी, सदस्यद्वय बालेन्द्र रुपाखेती र शान्तिसिंह थापाको संयुक्त इजलाशले मंगलबार तीनै जनालाई सफाइ दिने फैसला गरेको हो ।



    बैङ्कले १० रुपैयाँ दरका पाँच करोड थान पोलिमर नोट छाप्दा गुणस्तर कायम नगरेको, अस्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गैरकानुनी मिलेमतो गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार