Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • चीन-रूस व्यापार घाटा ६ प्रतिशतले बढ्याे

    चीन-रूस व्यापार घाटा ६ प्रतिशतले बढ्याे

    अनलाइन नेपाल
  • मंगलबार, ३० असार २०७७
  • 2.8K
    SHARES

    मस्को । सन् २०२० को पहिलो त्रैमासिकमा चीन र रूसबीचको व्यापारिक कारोवार २० अर्ब ९४ करोड अमेरिकी डलर रहेको चिनियाँ भन्सार प्रशासनद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ ।

    यो कारोवार गत वर्षको सोही अवधिमा भएको कारोवार रकमभन्दा छ प्रतिशतले कमी हो । त्यस्तै चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा रूसी सामानको चीन निर्यातमा ३७ अर्ब ६० करोड अमेरिकी डलर बराबर कमी आएको छ ।



    यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.९ प्रतिशतको गिरावट हो । तथ्याङ्कअनुसार विश्वका दुई शक्तिशाली अर्थतन्त्रबीचको व्यापारिक कारोबार जुन महिनामा मात्र आठ अर्ब १९ करोड रहेको छ ।



    जसमध्ये चीनले रूसमा तीन अर्ब ९८ करोड अमेरिकी डलर बराबरको सामान निर्यात गरेको छ भने रूसले चीनतर्फ चार अर्ब २० करोड डलर बराबरको सामान निर्यात गरेको देखिएको छ ।

    सन् २०१९ को अन्त्यमा रूस र चीनबीचको व्यापारमा अघिल्लो वर्षको तुलनामा ३।४ प्रतिशत अर्थात् एक खर्ब १० अर्ब अमेरिकी डलरले वृद्धि भएको थियो । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार