Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • अमेरिकाको दाबी – चीनसँग रचनात्मक र फलदायी वार्ता भयो

    अमेरिकाको दाबी – चीनसँग रचनात्मक र फलदायी वार्ता भयो

    अनलाइन नेपाल
  • सोमबार, ४ असार २०८०
  • 1.1K
    SHARES

    एजेन्सी । अमेरिकाले चीनसँग रचनात्मक र फलदायी वार्ता भएको दाबी गरेको छ ।

    चीन भ्रमणमा रहेका भएका विदेश मन्त्री एन्टोनी ब्लिंकेनले चिनियाँ विदेशमन्त्री छिन काङसँग गरेको वार्तापछि अमेरिकी विदेश मन्त्रालयले उच्च तहमा संवादका च्यानलहरु खुला राखेर सम्बन्ध अघि बढाउने सहमति भएको दाबी गरेको हो ।



    विदेशमन्त्री ब्लिंकेनले सबैखाले समस्याहरुलाई संवाद मार्फत समाधान गर्नका लागि चीनसँग प्रस्ताव गरेको र चीन पनि त्यसका लागि तयार भएको दाबी अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



    चिनियाँ विदेश मन्त्री छिनले अमेरिकासँग स्थिर, अनुमान गर्न सकिने र रचनात्मक सम्बन्ध चाहेको बताउनु भएको पनि विज्ञप्तिमा भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार