काठमाडौं । वेस्टइन्डिज आईसीसी एकदिवसीय विश्व कप छनोटमा ३९ रनले विजयी भएको छ ।
वेस्टइन्डिजले दिएको २ सय ९८ रनको लक्ष्य पछ्याएको अमेरिका ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५८ रनमा समेटियो ।
अमेरिकाका गजानन्द सिंहले १ सय १ रनको शतकीय पारी खेले पनि टिमलाई जिताउन सकेनन् ।त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिज ४९ ओभर ३ बलमा २ सय ९७ रन बनाएको थियो ।
वेस्टइन्डिजका जोनसन चार्ल्सले सर्वाधिक ६६ रन बनाए । अमेरिकाले नेपालसँग भोलि खेल्नेछ भने वेस्टइन्डिजले आउँदो बिहीवार खेल्नेछ ।
Leave a Reply