काठमाडौं । राष्ट्रिय योजना आयोगको प्रवक्तामा सहसचिव सुमन दाहाल नियुक्त भएका छन् ।
विभागका वरिष्ठ सहसचिव दाहाललाई आयोगको बैठकले प्रवक्ताको जिम्मेवारी दिएको हो ।
उनी केही साता अघिमात्रै अर्थ मन्त्रालयबाट आयोग सरुवा भएर आएका हुन् ।
दाहाल कोशी प्रदेश सरकारका पूर्व अर्थसचिव तथा भन्सार विभागका पूर्व महानिर्देशक समेत हुन् ।
Leave a Reply