काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले देशभर नै ढुंगा, बालुवा, गिटी र रोडा बिक्री बन्द गर्ने चेतावनी दिएको छ ।
सरकारले क्रसर उद्योग नवीकरण नगरेको भन्दै असार १६ गतेबाट देशभर नै ढुंगा, बालुवा, गिटी र रोडा बिक्री बन्द गर्ने बताएको हो ।
११ माघ २०७९ मा मन्त्रिपरिषद् बैठकले दर्ता भएर मापदण्डविपरीत चलिरहेका उद्योगलाई २०८० को असार मसान्तसम्मको मापदन्डअनुरुप सञ्चालन हुन म्याद दिएको थियो ।
गत माघमा मन्त्रिपरिषद्ले तत्कालीन समयमा इजाजत लिई दर्ता भएका तर, मापदण्डका कारण नवीकरण हुन नसकेका उद्योगलाई असारसम्मका लागि नवीकरण गर्ने निर्णय गरेको थियो ।
सरकारले क्रसर उद्योग नवीकरण नगरेको भन्दै उत्पादन र ढुवानी रोक्ने निर्णय गरिएको महासंघका अध्यक्ष सिताराम न्यौपानेले बताए ।
Leave a Reply