Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • किसानले उत्पादन गरेको अनाजको उचित मूल्यको व्यवस्था गरियोस् : एमाले सचेतक बर्तौला

    किसानले उत्पादन गरेको अनाजको उचित मूल्यको व्यवस्था गरियोस् : एमाले सचेतक बर्तौला

    अनलाइन नेपाल
  • आइतबार, ३ असार २०८०
  • 699
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले किसानले उत्पादन गरेका गोलभेँडालगायतका कृषि अनाजहरूको उचित मूल्यको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

    आइतबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले किसानले उत्पादन गरेको कृषि अनाजको उचित मूल्यको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।



    कालीमाटी बजारमा गोलभेँडाको उचित मूल्य नपाउँदा किसानहरूले सडकमा फ्याँक्नुपर्ने अवस्था आएको उल्लेख गर्दै यस्तो अवस्था आउन नदिनेगरी सरकारले सो समस्याको दिगो समाधान गर्नुपर्नेमा जोड दिए ।



    सचेतक बर्तौलाले किसानहरूलाई आफ्ना अनाजहरूको क्षतिपूर्ति हुने गरी आवश्यक अनुदानको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार