Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • सरकारलाई अख्तियारका सचिव दंगालको प्रश्न – निजी क्षेत्र कुन निकायले हेर्ने हो ?

    सरकारलाई अख्तियारका सचिव दंगालको प्रश्न – निजी क्षेत्र कुन निकायले हेर्ने हो ?

    अनलाइन नेपाल
  • आइतबार, ३ असार २०८०
  • 900
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुचित कार्यसमेत हेर्ने निकाय नहुँदा भ्रष्टाचार प्रभावकारी रुपमा न्यूनीकरण गर्न समस्या भएको जनाएको छ ।

    राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितको बैठकमा बोल्दै अख्तियारका सचिव रामेश्‍वर दंगालले यस्तो बताएका हुन् ।



    अख्तियारले निजी क्षेत्र, एनजीओ र आईएनजीओमा हुने भ्रष्टाचार हेर्ने अधिकार कसको भन्ने तय नहुँदा समस्या भएको बताएको छ ।



    अख्तियारका सचिव दङ्गालले भने, ‘यी तीन वटै कुन निकायले हेर्ने हो ? सरकारले भनिदिनु पर्‍यो । यो सबै हेर्ने गरी संसदले पनि भूमिका खेलिदिन पर्‍यो । लामो समयदेखि ऐन समयानुकूल परिवर्तन हुन सकेको छैन । निजी क्षेत्र, पब्लिक कम्पनीका विषय त्यहा छन्।’

    पब्लिक कम्पनी, निजी क्षेत्र समेतको भ्रष्टाचार अख्तियारको क्षेत्राधिकारभित्र पर्ने गरी राष्ट्रिय सभाले अख्तियार र भ्रष्टाचार सम्बन्धी विधेयक पास गरेर प्रतिनिधि सभामा पठाइसकेको छ ।

    यो विधेयक प्रतिनिधि सभाबाट समेत चाडो पास भए काम गर्न सहज हुने सचिव दङ्गालको दाबी छ ।सचिव दङ्गालले अनुचित कार्य हेर्ने गरी अख्तियारलाई अधिकार दिन संविधान संशोधन नै गर्नुपर्ने माग समेत गरेको छ ।

    यस सम्बन्धी प्रस्ताव आयोगका सचिव दङ्गालले समितिसमक्ष प्रस्तुत नै गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार