Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • उचित मूल्य नपाएको भन्दै कालीमाटी बजारमा फ्याँकियो गोलभेंडा

    उचित मूल्य नपाएको भन्दै कालीमाटी बजारमा फ्याँकियो गोलभेंडा

    अनलाइन नेपाल
  • आइतबार, ३ असार २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । कालीमाटी तरकारी बजारका व्यापारीहरुले सडक किनारमा गोलभेँडा फालेका छन्।

    मूल्य नपाएको भन्दै किसानहरुले आइतबार बिहान कालीमाटी बजारमा टमाटर फ्यालेर विरोध प्रदर्शन गरेका हुन्।



    खपत हुन छाडेको भन्दै किसान र व्यापारीहरुले बजार परिसरभित्र गोलभेंडा फ्याँकेका छन् । काठमाडौं, ललिलतपुर र भक्तपुरका किसानहरूले १० टनभन्दा बढी गोलभेँडा सडकमा फालेका छन् ।



    भारतीय तरकारीका कारण स्वदेशी उत्पादनले उचित मूल्य पाउन नसकेको, उत्पादित तरकारी बिक्री नभएको भन्दै उनीहरुले टमाटर फालेका छन् ।

    समयमा मल बीउ नपाइने र उत्पादित तरकारी बिक्री नहुने जस्ता समस्याबारे सरकार मूकदर्शक भएको उनीहरुले आरोप लगाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार