Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • संखुवासभामा बाढीले बगाउँदा एकको मृत्यु, १७ जना सम्पर्क विहीन

    संखुवासभामा बाढीले बगाउँदा एकको मृत्यु, १७ जना सम्पर्क विहीन

    अनलाइन नेपाल
  • आइतबार, ३ असार २०८०
  • 1K
    SHARES

    फाइल तस्विर

    सङ्खुवासभा । जिल्लाको हेँवा खोलामा शनिवार राती आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका ५ मा एक शव भेटिएको हो ।

    जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार शवको पहिचान हुन बाँकी रहेको छ । चैनपुर नगरपालिका ४ पेङ्कोट र पाँचखपन नगरपालिका ९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठुलो जनधनको क्षति भएको हो ।



    बाढीले चैनपुर ४ मा निर्माण भइरहेको सुपर हेँवा हाइड्रोमा पुर्णरुपले क्षति पुगेको वाना प्रहरी चौकी प्रमुख टिकाराम राईले जानकारी दिए ।



    उक्त परियोजनामा काम गर्ने १७ मजदुरहरू सम्पर्क विहीन रहेको उनले बताए । खोलामा बाढी आएपछि उनीहरू अन्यत्र भागेको वा बाढीमा परेको भनेर यकिन हुन बाँकी छ ।

    बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुल पनि बगाएको छ भने किनार क्षेत्रमा ४ घर बगाएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार