Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • उद्योग वाणिज्य महासंघको निर्वाचनमा चन्द्र ढकालको प्यानल घोषणा

    उद्योग वाणिज्य महासंघको निर्वाचनमा चन्द्र ढकालको प्यानल घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, ३० असार २०७७
  • 3K
    SHARES

    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा व्यबसायी चन्द्रप्रसाद ढकालले उम्मदेवारी घोषणा गरेका छन् । मंगलबार राजधानीको बालुवाटारमा आयोजित एक कार्यक्रममा ढकालले आफ्नो प्यानल घोषणा गरेका हुन् । यसअघि उपाध्यक्ष रहेका ढकालले वरिष्ठ उपाध्यक्षको लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

    उनको प्यानल अन्तर्गत नगर/जिल्ला उपाध्यक्षमा गुणनीधि तिवारी, एशोसियट उपाध्यक्षमा रामचन्द्र सांघाई र बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ रहेका छन् । उम्मेदवारी घोषणा गर्दै ढकालले आफ्नो प्यानल सजिलै विजयी हुने विश्वास ब्यक्त गरेका छन् । आफ्नो टिम अनुभवी रहेको र साना, मझौलादेखि ठुला व्यापारिक घरानासम्मको उपस्थिति रहेको बताए ।





    ढकालले आफुहरु सँधै सबै किसिमका व्यवसायीहरुसँग सम्पर्कमै रहिरहने र उनीहरुको दुखेसो र समस्याहरुको समाधान तर्फ लागिरहने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । ‘हाम्रो यो टीम अनुभवले भरिएको छ । विश्वासले भरिएको छ। टीममा साना तथा मझौला व्यवसायदेखि ठूलो व्यावसायिक घरानासम्मको उपस्थिति छ । त्यति मात्रै नभएर यो टीमको गाउँ जिल्लादेखि नीतिगत तहसम्म पहूँच छ’, उनले भने।

    ढकालले संघका भावी अध्यक्ष शेखर गोल्छालाई चुनौती दिँदै विगत नबिर्सन आग्रह गरे । वरिष्ठ उपाध्यक्षलाई नै अध्यक्ष बनाउनुपर्ने प्रावधानलाई नहटाउनका लागि आफुले निकै मेहनत गरेको बताउँदै ढकालले यदी त्यसो नगरेको भए हालका अध्यक्ष सो पदमा पुग्नेबारे प्रश्न गरे ।

    चन्द्र ढकालको प्रतिद्वन्दीका रुपमा किशोर प्रधान समुहले उम्मेदवारी दिएका छन् । सो समुहलाई शेखर गोल्छाले समर्थन गरेका छन् । सोही कारण संघको निर्वाचनमा निकै प्रतिस्पर्धा हुने देखिएको छ ।

    ढकालको प्यानललाई संघका पुर्व अध्यक्ष भवानी राणाले साथ दिएकी छिन् । कार्यक्रममा टेलिफोनमार्फत उनले सो प्यानललाई शुभकामना दिएकी थिईन् । यस्तै पूर्व अध्यक्ष चण्डीराज ढकाल,संघका पुर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले पनि  ढकाल प्यानलकै समर्थन गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार