काठमाडौं । मंगलवार काठमाडौंका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज थपिएका ११६ जना कोरोना संक्रमित मध्ये दुई जना काठमाडौंका रहेका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका एक र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणका क्रममा काठमाडौंका अर्का एक जनामा कोरोना संक्रमण भएको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारुी दिए ।
Leave a Reply