एजेन्सी । रुसी आणविक हतियार बोकेका क्षेप्यास्त्र र बमको पहिलो खेप बेलारुस पुगेको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत मार्चमा पहिलो पटक आणविक हतियार तैनाथ गर्ने घोषणा गरेका थिए । सोही अनुरुप क्षेप्यास्त्र र बम बेलारुस पठाइएको हो ।
अमेरिकाले यस्तो हतियार युरोपमा तैनाथ गरेको बताउँदै पुटिनले पनि बेलारुसमा क्षेप्यास्त्र र बम पठाएका छन् । मस्कोले क्षेप्यास्त्रको नियन्त्रण आफ्नो हातमा रहने बताउँदै यी लामो दूरीको नभएर रणनीतिक क्षेप्यास्त्र मात्र भएको स्पष्ट पारेको छ ।
लुकाशेन्कोलाई रुसको प्रमुख सहयोगीका रूपमा रहेका छन् । फेब्रुअरी २०२२ मा युक्रेनमा भएको आक्रमणको लागि बेलारुसले रुसका लागि लन्चप्याडको भूमिका खेलेको थियो।
Leave a Reply