चितवन । नारायणी नदीमा डुबेर चितवन देवघाटमा एकजना भारतीय तीर्थयात्रुको मृत्यु भएको छ ।
शुक्रबार मध्याह्न भारत अयोध्याका २२ वर्षका प्रदीप शर्माको मृत्यु भएको चितवन जिल्ला प्रहरीले जनाएको छ ।
भारतीय नम्बर प्लेटको युपी ६२ एपी ९६९६ नम्बरको बस चढेर आएका ५० जना तीर्थयात्रु शुक्रबार दिउँसो १ बजेतिर स्नान गर्न देवघाट नारायणी नदीमा गएका थिए ।
नुहाउने क्रममा बेपत्ता भएका शर्माको शव साढे १ बजेतिर नदीमा फेला परेको प्रहरीले जनाएको छ ।
Leave a Reply