काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण सरकारको एक सूत्रीय एजेण्डा रहेको बताएका छन् ।
गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार नियन्त्रणको लागि सरकारले अहिले ठोस कदम चालेको बताएका हुन् ।
गृहमन्त्री श्रेष्ठले भने,‘अहिले राजनीतिलाई सफा गर्ने र राजनीतिक नेतृत्व र पार्टीहरुलाई रुपान्तरण गरेर सामाजिक-आर्थिक रुपान्तरणको काम गर्ने सरकारको लक्ष्य छ । अहिले सरकार त्यही दिशामा केन्द्रित छ ।लोकतन्त्र नभएका कारण देश पछि रह्यो भनेर हामीले लडेर लोकतन्त्र ल्यायौं । यति धेरै लोकतन्त्रका निम्ति संघर्ष भएको देश पनि कमै छन ।’
गृहमन्त्री श्रेष्ठले नेता र राजनीतिक दल नबदलिए देश बदल्न सम्भव नभएको बताए। उनले पद भन्ने कुरा जिम्मेवारीमात्रै भएको बताए । गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसँगै समृद्ध देश बनाउनुपर्ने बताए ।
उनले समृद्धिको प्रतिफल आम जनताले पाउने गरी सामाजिक न्यायसहितको समृद्धि हासिल गर्नु सरकारको उद्देश्य रहेको बताए ।
उनले भ्रष्टाचारको विकृति बढ्दै गएको बताए ।उनले विकासको प्रक्रियालाई अगाडि बढाउँदै सुशासनको अरु आयाममा पनि हात हालेको बताए ।
Leave a Reply