बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आव २०८०/८१ का लागि शुक्रबार दिउँसो ३ बजे बजेट सार्वजनिक गर्दैछ ।
प्रदेशसभाको दोस्रो अधिवेशनको ११ औँ बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले आर्थिक वर्ष २०८०/०८१ को बजेट पेश गर्ने भएका हुन् ।
संघीय सरकारले २० प्रतिशतसम्म बजेट कटौती गरे पनि प्रदेश सरकारले चालु वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । लुम्बिनी सरकारले बजेटको आकार चालु आर्थिक वर्षभन्दा २ अर्बले घटाएर ४० अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने भएको छ ।
बजेटमा रोजगारी, पर्यटन, राजधानी निर्माण, कृषि क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकता राखिएको छ । अघिल्लो वर्ष ४२ अर्ब बराबरको बजेट ल्याइएको थियो ।
Leave a Reply