Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • मेलम्ची आयोजनाको बाँध फुट्याे: २ जना घाइते, २ बेपत्ता

    मेलम्ची आयोजनाको बाँध फुट्याे: २ जना घाइते, २ बेपत्ता

    अनलाइन नेपाल
  • मंगलबार, ३० असार २०७७
  • 4.3K
    SHARES

    सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथानको गेट नम्बर १७ स्थित सुरुङको बाँध फुटेकाे छ। बाँध फुटेकाे कारण दुई जना कर्मचारी घाइते भएका छन् भने दुई जना बेपत्ता भएका छन् ।

    मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा परीक्षणका लागि पानी हालिँदै । आइतबार बिहान ९ बजे मुख्य सुरुङमा पानी हालिएको आयोजनाले जनाएको छ । तस्बिरः देवराज सुवेदी/रासस



    मंगलबार दिउँसो १२ : ३० मा गेटको बाँध फुटेको हेलम्बु गाउँपालिका प्रमुख मिमा ग्लाल्जेङ शेर्पाले बताए । घाइते हुनेहरु साइट इन्जिनियर शेखर खनाल र साइट एसिस्टेन्ट प्रेमबहादुर तामाङ हुन् ।



    सवारी चालक ५५ वर्षीय राधाकृष्ण थापा मगर र २५ वर्षीय इन्जिनियर सतिश गोइत बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक प्रज्जवल महर्जनले बताए । घाइतेहरुको मेलम्ची अस्पतालमा उपचार लागि पठाइएको छ । हप्तादिनअघि मलेम्ची आयोजनाको सुरुङमा पानी पठाएर परीक्षण गरिएको थियो । घटनाबारे थप विवरण आउन बाँकी छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार