Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • सुदूरपश्चिम प्रदेशसभा : आर्थिक सर्वेक्षण प्रस्तुत

    सुदूरपश्चिम प्रदेशसभा : आर्थिक सर्वेक्षण प्रस्तुत

    अनलाइन नेपाल
  • बिहिबार, ३२ जेष्ठ २०८०
  • 612
    SHARES

    सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले आर्थिक वर्ष २०७९/०८० को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् ।

    प्रदेशसभामा पहिलोपटक प्रस्तुत गरिएको प्रदेश सरकारको आर्थिक सर्वेक्षणमा आर्थिक वर्ष २०७९/०८० मा सुदूरपश्चिम प्रदेशको कुल ग्राहस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा तीन खर्ब ७६ अर्ब ३३ करोड ३० लाख रहने अनुमान छ ।



    यस्तै आव २०७९/८० मा प्रदेशको आर्थिक वृद्धिदर एक दशमलव ७८ प्रतिशत रहने अनुमान छ । गत आव २०७८/७९ मा यसको वृद्धिदर चार दशमलव ७८ प्रतिशत रहेको मन्त्री शाहीले सदनलाई जानकारी गराए । आव २०७८/८९ मा राष्ट्रिय कुल ग्राहस्थ्य उत्पादनमा प्रदेशको योगदान सात प्रतिशत रहने अनुमान छ ।



    आव २०७९/८० मा प्रदेशको कृषि तथा गैरकृषि क्षेत्रको वृद्धिदर क्रमशः एक दशमलव ६७ प्र्रतिशत र दुई दशमलव १३ प्रतिशत हुने अनुमान छ । यस्तै प्राथमिक क्षेत्र र सेवा क्षेत्रको वृद्धिदर क्रमशः एक दशमलव ६६ प्रतिशत र तीन दशमलव २४ प्रतिशत धनात्मक तथा वित्तीय क्षेत्रको वृद्धिदर शून्य दशमलव ६४ प्रतिशत ऋणात्मक हुने अनुमान छ ।

    आव २०७९/८० सुदूरपश्चिम प्रदेशको आय एक हजार ६३ अमेरिकी डलर रहने अनुमान छ । गत आवमा यस्तो आय एक हजार ६० अमेरिकी डलर रहेको आर्थिक मामिलामन्त्री शाहीले जानकारी गराए ।

    गएको फागुनसम्म बझाङको सैपाल गाउँपालिकाबाहेक सुदूरपश्चिम प्रदेशका सबै ८७ पालिकामा जम्मा तीन सय ४३ विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखा सञ्चालनमा आइसकेका छन् । यस्तै गत फागुनसम्म प्रदेशमा तीन सय ६५ सहकारी संस्था र तीन सय आठ बिमा कम्पनी पुगिसकेका छन् ।

    बैठकमा यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहले प्रदेश लोकसेवा आयोग, महालेखा परीक्षक र महान्यायधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रदेश सरकारले असार १ गते अपराह्न ४ बजेपछि बस्ने बैठकमा आव २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० प्रस्तुत गर्न लागेको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार