काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई कारबाही गरेको छ ।
प्राधिकरणले टिकटक बनाउने तीन एटीसीलाई कारबाही गरेको हो ।
अनुमतिविना फोटोग्राफी भिडियोग्राफी गर्न प्रतिबन्ध लगाएको क्षेत्रमा टिकटक बनाउने तीन एटीसीलाई कारबाही गरिएको प्राधिकरणले जनाएको छ ।
अर्को सूचना नभएसम्मका लागि उनीहरूलाई कामबाट हटाएर स्पष्टीकरण सोधिएको प्राधिकरणले जनाएको छ ।
Leave a Reply