Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • आईसीसी विश्व छनोट : ओमानले जित्यो टस , पहिला ब्याटिङ गर्ने

    आईसीसी विश्व छनोट : ओमानले जित्यो टस , पहिला ब्याटिङ गर्ने

    अनलाइन नेपाल
  • बिहिबार, ३२ जेष्ठ २०८०
  • 798
    SHARES

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताका लागि जिम्बावेमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमानसँग टस हारेको छ ।

    जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा ओमानका कप्तान जिशान मकसुदले जितेका हुन् । टस जितेर ओमानले ब्याटिङ रोज्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गर्दैछ ।



    पहिलो वार्मअप खेलमा पराजित दुवै टोली जितका साथ वार्मअप खेल सकाउन चाहन्छन् । पहिलो वार्मअप खेलमा नेपाल युएईसँग ३ विकेटले पराजित भएको थियो ।



    पहिलो वार्मअप खेलमा ओमान घरेलु टोलीसँग २८ रनले पराजित भएको थियो । जिम्बावे पुग्नु अघि नेपालले दक्षिण अफ्रिकामा अन्तिम तयारी गरेको थियो ।

    तयारीका क्रममा दक्षिण अफ्रिकामा नेपाल दुई अभ्यास खेल खेलेको थियो । दुवै अभ्यास खेलमा नेपालले हार व्यहोरेको थियो । अभ्यास खेलमा स्कटल्यान्ड र नेदरल्यान्ड्स दुबैसँग नेपालले कमजोर ब्याटिङका गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार