काठमाडौं । सरकारले राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा शंकरदास बैरागीलाई नियुक्त गरेको छ ।
बैरागीलाई मुख्य सचिवबाट राजीनामा गराएर राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व मुख्यसचिव शंकर दास बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारको शपथ खुवाएका छन् ।
सरकारको मन्त्रिपरिषद्को बैठकले बिहीबार नै बैरागीलाई सल्लाहकारमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।
बैरागीको स्थानमा बैकुण्ठ अर्याललाई नयाँ मुख्यसचिव नियुक्त गरिएको छ ।
Leave a Reply