काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको आजको सुनुवाइ सकिएको छ ।
आजै संसद् बैठक भएकाले कार्कीको सुनुवाइको कार्यक्रम भोलिका लागि सारिएको हो ।
प्रस्तावित प्रधानन्यायाधीश कार्कीले सिंहदरबारमा आज बसेको संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना पेस गरेका छन् ।
शुक्रबारको बैठकमा सांसदहरूले प्रश्न सोध्ने र प्रधानन्यायाधीशमा सिफारिस कार्कीले जवाफ दिने कार्यसूची रहेको छ । बुधबार समितिले उजुरीकर्तासँग छलफल गरेपछि आज बिहीबार बिहानका लागि सुनुवाइ तोकिएको थियो ।
गत वैशाख २५ गते संवैधानिक परिषद्बाट नयाँ प्रधानन्यायाधीशका लागि सिफारिस भएका हरिकृष्ण कार्की संसदीय सुनुवाइ समितिबाट अनुमोदित भए राष्ट्रपतिबाट नियुक्त हुनेछन् । कार्कीविरुद्ध ३८ जना उजुरीकर्ताले २९ उजुरी दर्ता गराएका छन् ।
Leave a Reply