Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • सर्वोच्चको न्यायाधीशमा जान मन थिएनँ, तत्कालीन प्रधानन्यायाधीशको आग्रहमा गएको हुँ : कार्की

    सर्वोच्चको न्यायाधीशमा जान मन थिएनँ, तत्कालीन प्रधानन्यायाधीशको आग्रहमा गएको हुँ : कार्की

    अनलाइन नेपाल
  • बिहिबार, ३२ जेष्ठ २०८०
  • 915
    SHARES

    काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतको न्यायाधीशमा सुरुमा आफूलाई जान मन नभएको बताएका छन् ।

    सिंहदरबारमा जारी संसदीय सुनुवाइ समितिमा उनले यस्तो बताएका हुन् । तत्कालीन प्रधानन्यायाधीशको आग्रहपछि मात्रै आफू सर्वोच्चमा गएको उनले बताए ।



    ‘इमान्दार भएर भन्दा मलाई सुरुमा सर्वोच्च जाने मन थिएन । तर तत्कालीन प्रधानन्यायाधीशले आउनुहोस् जिम्मेवारी निर्वाह गर्नुहोस् भन्नुभयो र म त्यहाँ गएँ,’ कार्कीले भने ।



    सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस कार्कीलाई आज छलफलका लागि समितिले बोलाएको थियो ।

    लामो समयदेखि कार्यावाहक प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका कार्कीलाई यसै महिनाको पहिलो हप्ता प्रधानन्यायाधीश सिफारिस गरिएको थियो । उनीविरुद्ध २९ वटा उजुरी परेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार