काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ समितिमा सुनुवाइ सुरु भएको छ ।
बुधबार उजुरीकर्तासँगको छलफलपछि आज समितिले कार्कीलाई सुनुवाइका लागि बिहान ८ बजे बोलाएको थियो ।
तर समितिको बैठकमा उनी बिहान सवा ८ बजेपछि आएका कारण सुनुवाइ केही ढिला सुरु भएको हो । कार्कीविरुद्ध ३८ जना उजुरीकर्ताले २९ उजुरी दर्ता गराएका छन् ।
समितिले अनुमोदन गरे उनी प्रधानन्यायाधीश नियुक्तिका लागि योग्य हुनेछन् । समितिको अनुमोदनसँगै उनलाई राष्ट्रपतिले नियुक्त गर्ने छन् ।
गत वैशाख २५ गते संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कायम मुकायम प्रधानन्यायाधीश कार्कीको नाम सिफारिस गरेको थियो ।
Leave a Reply