Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • प्रधानमन्त्री प्रचण्डद्वारा ग्यास उत्खनन क्षेत्रको निरीक्षण

    प्रधानमन्त्री प्रचण्डद्वारा ग्यास उत्खनन क्षेत्रको निरीक्षण

    अनलाइन नेपाल
  • बुधबार, ३१ जेष्ठ २०८०
  • 927
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दैलेखको शीरस्थानमा अवस्थित प्राकृतिक ग्यास उत्खनन क्षेत्रको अनुगमन तथा निरीक्षण गरेका छन् ।

    बुधबार दाङमा अवस्थित नेपाल संस्कृत विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहमा सम्बोधनपश्चात् प्रधानमन्त्री उक्त क्षेत्रमा पुगेका हुन् ।



    अवलोकन र निरीक्षणका क्रममा प्रधानमन्त्रीले ग्यास उत्खनन र यससँग सम्बन्धित विषयको जानकारीसमेत लिए । निरीक्षणअघि प्रधानमन्त्री प्रचण्डले दैलेखको दुल्लुस्थित दहगाउँमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका थिए ।



    दाहाल, लम्साल, रूपाखेती, कुंवर र राणा वंशका कुल शिरोमणि दाशुको शालिक अनावरण तथा गुरूयोजना सार्वजनिक कार्यक्रमलाई प्रधानमन्त्रीले सम्बोधन गरेका थिए । दाङ र दैलेखमा आयोजित कार्यक्रम सम्पन्न गरी प्रधानमन्त्री बुधबार साँझ काठमाडौं फर्किएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार