Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • देशको एकता र उन्नतिका लागि समर्पित भएर काम गर्छु : प्रधानमन्त्री प्रचण्ड

    देशको एकता र उन्नतिका लागि समर्पित भएर काम गर्छु : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, ३१ जेष्ठ २०८०
  • 636
    SHARES

    सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश समृद्धिको युगमा प्रवेश गरिसकेको बताएका छन् ।

    दैलेखको दुल्लु नगरपालिका–१२ दह गाउँमा कुल शिरोमणि दाशुको सालिकअनावरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भारतसंग १० हजार मेगावाट विद्युत् विक्री गर्ने सहमति भएको र अन्य रणनीतिक गतिविधि अघि बढिसकेको बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने,‘म पहिलो पटक प्रधानमन्त्री हुँदा एकीकृत विकास गर्ने सपना थियो तर, कारण बस् त्यो गर्न सकिएन । दोस्रो पटक प्रधानमन्त्री हुँदा महत्त्वपूर्ण काम गर्न सकेँ । अहिले तेस्रो पटक आर्थिक सङ्कटको बेला प्रधानमन्त्री भएँ तै पनि आर्थिक सङ्कटलाई समाधान गर्दै सुशासनको पक्षमा नयाँ सङ्कल्प सहित अघि बढेको छु ।’

    उनले राष्ट्रको एकतालाई बलियो बनाउन, राष्ट्रको विकास र समृद्धिलाई नयाँ गतिमा अघि बढाउनका लागि आफू अग्रसर भइरहेको बताए ।

    मन्त्रिपरिषद्को पहिलो बैठक देखिनै आर्थिक सङ्कट समाधान, राष्ट्रको एकता, जनताको पक्षमा रहेर राष्ट्रको समृद्धितर्फ अग्रसर भइरहेको प्रचण्डको भनाई छ ।

    उनले अर्थतन्त्रलाई गति दिने कुरामा युगान्तकारी काम भएको विश्वास व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार