Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • ड्युटीमा खटिएका सशस्त्रका हवलदारलाई इन्स्पेक्टरले निर्घात् कुटपिट गरेपछि…

    ड्युटीमा खटिएका सशस्त्रका हवलदारलाई इन्स्पेक्टरले निर्घात् कुटपिट गरेपछि…

    अनलाइन नेपाल
  • बुधबार, ३१ जेष्ठ २०८०
  • 3.6K
    SHARES

    फाइल तस्विर

    झापा । ड्युटीमा खटिएका सशस्त्र प्रहरीका हवलदारलाई सशस्त्रका इन्स्पेक्टरले निर्घात् कुटपिट गरेका छन् ।

    झापाको मेचीनगर सीमा नाकामा ड्युटीमा खटिएका पाँचजना हवलदारलाई सादा पोशाकमा खटिएका सशस्त्रका इन्स्पेक्टर नभप्रभात राईले कुटपिट गरेका हुन् ।



    इन्स्पेक्टर राईको कुटपिटबाट सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट नकलबन्दामा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हवलदार पासाङ तामाङ, सशस्त्र प्रहरीका हवलदारहरु गणेशबहादुर तामाङ, रामबहादुर कार्की, सहायक हवलदार शान्तबहादुर राई र सशस्त्र जवान उमेश राजवंशी घाइते भएका छन्।



    उनीहरुलाई इन्स्पेक्टर राईले पानीमा डुबाउँदै बाँसको भाटैभाटाले निर्घात कुटपिट गरेका थिए । घाइतेहरूको धुलाबारीस्थित आम्दा मेची अस्पतालमा उपचार भइरहेको छ।

    सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश बराह बाहिनी मुख्यालय सुनसरीले सादा पोशाकमा खटाएका इन्स्पेक्टर राई, सशस्त्र जवानहरू रामसुन्दर तामाङ र जीवन बास्तोलाले सो नाकाबाट सामान गएको भन्दै बर्दीधारी सशस्त्रका हवलदारहरूलाई कुटपिट गरेका थिए ।

    बराह बाहिनीबाट खटिएका इन्स्पेक्टर राई, सशस्त्र जवानहरू तामाङ र बास्तोलालाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापामा झिकाएर विभागीय कारबाही प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार