काठमाडौं । प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिमा प्रधानन्यायाधीशका लागि सिफारिस भएका हरिकृष्ण कार्कीविरुद्ध परेको उजुरीमाथि छलफल सुरू भएको छ ।
कार्कीविरुद्ध उजुरी दिने २९ जनामध्ये २३ जना उजुरीकर्तासँग संसदीय सुनुवाइ समितिमा छलफल सुरु भएको हो ।
बैठकमा प्रत्येक उजुरीकर्तालाई बोल्नका लागि १० मिनेटको समय छुट्याइएको छ । समान प्रकृतिका ३ उजुरी परेकाले समान किसिमका उजुरीकर्तालाई सँगै बोलाइएको छ ।
प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीको बिहीबार संसदीय सुनुवाइ हुनेछ । समितिको जेठ १६ को बैठकले जेठ २६ भित्रको समय तोक्दै कार्कीविरुद्ध उजुरी आह्वान गरेको थियो ।
समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको सभापतित्वमा जारी बैठकले आज उजुरीकर्तासँगको छलफल सकेर जेठ ३२ गते कार्कीमाथिको सुनुवाइ सक्ने तयारी गरेको छ ।
समितिले प्रधानन्यायाधीशमा कार्कीको नाम अनुमोदन गरे पनि उनी उमेर हदका कारण आगामी साउन २० गते अवकाश लिँदै छन् ।
Leave a Reply