Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • देशको समृद्धिका लागि राजनीतिक अस्थिरता प्रमुख चुनौती बन्यो : शंकर पोखरेल

    देशको समृद्धिका लागि राजनीतिक अस्थिरता प्रमुख चुनौती बन्यो : शंकर पोखरेल

    अनलाइन नेपाल
  • बुधबार, ३१ जेष्ठ २०८०
  • 714
    SHARES

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको विकास र समृद्धिका लागि राजनीतिक अस्थिरता गम्भीर चुनौती बनेको बताएका छन् ।

    महासचिव पोखरेलले सामाजिक संजालमा स्टाटस लेख्दै अहिले देशमा राजनीतिक अस्थिरता गम्भीर चुनौती बनेको बताएका हुन् ।



    महासचिव पोखरेलले स्थिरताका लागि मधेश प्रदेशको सरकारलाई विश्वासको मत दिएको बताए। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिएको भोलिपल्ट महासचिव पोखरेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।



    महासचिव पोखरेलले लेखेका छन्,’राजनीतिक अस्थिरताका विरुद्धमा नेकपा एमालेले मधेस प्रदेश सरकारलाई विश्वासको मत दिएर बाँकी प्रदेशलाई पनि अस्थिरतातर्फ जानबाट रोक्न अन्य दलहरुले पनि यस्तै रचनात्मक भूमिका खेल्ने अपेक्षा राखेको छ । यतिबेलाको मुलुकको विकास र समृद्धिका लागि राजनीतिमा अस्थिरता र अराजकता गम्भीर चुनौती बन्न पुगेको छ ।’

    महासचिव पोखरेलले बाँकी प्रदेशलाई पनि अस्थिरतातर्फ जानबाट रोक्न आफ्नो पार्टीले विश्वासको मत दिएको उल्लेख गरे । साथै अन्य दलहरूले पनि यस्तै रचनात्मक भूमिका खेल्ने अपेक्षा राखिएको उनले लेखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार