काठमाडौं । संसदीय सुनुवाई समितिको बैठक आज पनि बस्दैछ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिएका उजुरीकर्तासँग छलफल गर्न बिहान ११ बजे बैठक बस्न लागेको हो ।
समितिको छलफलमा २९ जनाले उजुरी दिएको भएपनि २१ जना छलफलमा सहभागी हुन लागेको संसद् सचिवालयले जनाएको छ ।
प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीको सुनुवाइ भोलि नै सकेर नाम अनुमोदन गर्ने कार्यतालिका छ।
गत बैशाख २५ गते बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा प्रस्ताव गरेको थियो ।
Leave a Reply