Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कुन-कुन कम्पनीका सार्वजनिक यातायात चल्दै

    कुन-कुन कम्पनीका सार्वजनिक यातायात चल्दै

    अनलाइन नेपाल
  • मंगलबार, ३० असार २०७७
  • 3.9K
    SHARES

    फाइल तस्बिर

    काठमाडौँ । काठमाडौं उपत्यकामा सरकारले तोकेको मापदण्ड अनुसार सार्वजनिक यातायात सञ्चालनमा आउन थालेका छन् । सरकारले विशेष स्वास्थ्य सुरक्षालाई ध्यान दिएर सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो । सोही निर्णय अनुुसार काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका केही यातायात कम्पनीहरुले यातायातका साधन सञ्चालनमा ल्याएका हुन् ।

    महानगर यातायात, मयुर यातायात, संयुक्त यातायात लगायतले सोमबारदेखि गाडी सञ्चालनमा ल्याएका हुन । बस रोकिदा व्यवसायीहरुलाई नोक्सानी बढ्दै जाने भएकाले तोकिएको मापदण्ड अनुसार बस सञ्चालन गरिएको व्यवसायीहरुले बताएका छन् ।



    सरकारले एक पंक्तिको एउटा सिटमा एकजना मात्रै राख्ने र ५० प्रतिशत बढी भाडा लिने गरी सेवा सुचारु गर्न सकिने मापदण्ड तयार गरी सार्वजनि यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो । यस्तै बसमा यात्रा गर्ने यात्रुले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने छ ।



    यातायात व्यवसायीका संगठनहरुले भने विभिन्न माग राख्दै यातायात सञ्चालन नगर्ने बताउँदै आएका छन् । सरकारले लकडाउन खुकुलो बनाई केही क्षेत्रलाई सञ्चालन गर्न दिएछि सार्वजनिक यातायात व्यवसायीहरुले पनि यातायात सञ्चालन गर्नुपर्ने माग गर्दै आएका थिए । तर तिनै व्यवसायीहरुले सरकारले सार्वजनिक यातायात खुलाउने निर्णय गरेपछि भने आफ्ना माग पुरा नगेसम्म गाडी नचलाउने बताउँदै आएका छन् ।

    उनीहरुले गाडी मर्मतका लागि कर्जा उपलब्ध हुनुपर्ने, बैंकको ब्याज र किस्तालाई पुनःपूँजीकरण गर्नुपर्ने, चालक र सहचालकको स्वास्थ्य सुरक्षाको प्रबन्ध सरकारले मिलाउनुपर्ने लगायतका माग राखी बस सञ्चालन गरेका छैनन् । नागरिक दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार