Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • ३८ क्‍वीन्टल सुन तस्करी प्रकरण : अभियुक्तको आरडीटी पोजिटिभ

    ३८ क्‍वीन्टल सुन तस्करी प्रकरण : अभियुक्तको आरडीटी पोजिटिभ

    अनलाइन नेपाल
  • मंगलबार, ३० असार २०७७
  • 4.3K
    SHARES

    विराटनगर । अनुसन्धानका क्रममा खुलेको करिव ३८ क्वीन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा जोडिएका अभियुक्त हरिशरण खड्कालाई सोमबार जिल्ला अदालत मोरङमा उपस्थित गराइएको छ। तर उनीमाथिको कारबाहीको सबै प्रक्रिया तत्काललाई रोकिएको छ।

    आरडीटी विधिबाट परीक्षण गर्दा कोरोना रिपोर्ट पोजिटिभ आएपछि थप प्रक्रिया रोकेर अदालतले उनलाई फिर्ता पठाएको हो। गत शनिबार पक्राउ परेका सुन तस्करी प्रकरणका अभियुक्त खड्कालाई आइतबार राति ११ बजे मोरङ ल्याइइएको थियो।



    उनको आरडीटी परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो। कारबाही प्रक्रिया अघि बढाउने क्रममा प्रहरीले उनलाई सोमबार बुझाए पनि अदालतले पिसीआर विधिबाट परीक्षण गरेर रिपोर्टसहित उपस्थित गराउन अनुमति दिएर फिर्ता पठाएको छ। प्रहरीले कुनै घटनामा संलग्न अभियुक्तलाई पक्राउ गरेर अदालतमा बुझाउनु अघि कोरोना भाइरसको संक्रमण भए नभएको पुष्टि गर्न आरडीटी परीक्षण गर्ने गरेको हो।



    अदालतले फिर्ता पठाएपछि सुन तस्करी र शाक्य हत्या प्रकरणका अभियुक्त खड्काको बयान लिनेदेखि लिएर सबै काम तत्काललाई रोकिएको छ। पिसीआर विधिबाट परीक्षण गरेपछि रिपोर्टसहित उनलाई अदालतमा पुनः पेस गरिने मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए।

    एसपी खड्काका अनुसार पिसीआर परीक्षणका लागि उनको स्वाब संकलन भइसकेको छ। अभियुक्त खड्कालाई कोही कसैको सम्पर्कमा नहरने गरी तत्काल आइसोलेसनमा राख्ने तयारी भइरहेको उनले बताए। अन्नपुर्ण पाेष्ट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार