Online Nepal
  • बुधबार, २ माघ २०८१
  • कैलाली कारागारभित्रै कुटाकुट : सुरक्षाको टिम फेरियो, १६ कैदी सारिए

    कैलाली कारागारभित्रै कुटाकुट : सुरक्षाको टिम फेरियो, १६ कैदी सारिए

    अनलाइन नेपाल
  • मंगलबार, ३० जेष्ठ २०८०
  • 2.7K
    SHARES

    कैलाली । जिल्ला कारागार कैलालीमा कैदीबन्दीबीच कुटाकुट भएको छ । यही जेठ २२ गते कैदीबन्दीहरुसहित कारागारका कर्मचारीबीच कुटाकुट भएको घटना सार्वजनिक भएको हो ।

    लम्कीका भुपेन्द्र बडुवालको हत्या प्रकरणमा कैद भुक्तान गरिरहेका अभियुक्तसहितका कैदीहरु र चौकीदारहरुबीच कुटाकुट भएको कारागार स्रोतले जनाएको छ ।



    कारागारका प्रहरी प्रमुख सई राजेन्द्र कुमालका अनुसार २२ गते कुटाकुट भएको र त्यस दिन असई योगेन्द्र बोहरा ड्युटीमा रहेका थिए । कुटाकुट भएको दिन कारागार प्रहरीका प्रमुख सई चरन बुढाथापा भने बिदामा थिए । अहिले बुढालाई भने जिल्ला प्रहरी कार्यालय कैलालीमा सरुवा गरिएको छ ।

    उनको सरुवा भएपछि आफू आएको र त्यस दिन ड्युटीमा रहेका असई बोहराको पनि जिप्रका सरुवा भएको सई कुमालले बताउँछन् । आफू २३ गतेको बेलुका मात्र जिप्रकाबाट सरुवा भएर कारागारमा आएको बताउँदै सई कुमालले घटनाका बखत आफू जिप्रका कैलालीमै कार्यरत रहेको दाबी गरे ।

    कुटपिटबाट कारागारका आउटडोर चौकीदार सन्तोषकुमार शाही र खगेन्द्र बम लगायतका केही कैदीहरु पनि घाइते भएका थिए । सो काण्डपछि सोमबार मात्रै १६ जना कैदी र केही कर्मचारीलाई जेलबाट हटाइएको छ । उनीहरुलाई भैरहवा, नेपालगन्ज र नवलपरासी लगायतका जिल्लाका कारागारमा सारिएको कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए । तर भुपेन्द्र हत्याकाण्डका अभियुक्तहरु भने कैलाली कारागारमै छन् ।

    उनीहरुले कारागारभित्रै दादागिरी गर्ने र गुन्डागर्दी गर्ने गरेको स्रोत बताउँछ । यही जेठ २२ गते घटना भएको र त्यहीँ बेला त्यहाँको चौकीदार मानबहादुर खड्कालाई पनि सरुवा गरिएको सिडिओ कट्टेलले बताए ।

    साथै उनले सुरक्षाको टिम पनि पुरै फेरिएको जानकारी दिए । तर सो दिन कुटपिट भएको नभएर अवैध खानेकुरा लिएर जेलभित्र कैदीहरुले खाने क्रममा विवाद हुँदा धकेलाधकेल मात्र भएको उनको दाबी छ ।

    सो घटना भएको दिन जेलर पदमराज तिमिल्सिना र प्रहरी प्रमुख सई बुढाथापा पनि बिदामा बुझिएको उनले बताए । सुरक्षाको टिम फेरिए पनि जेलर भने फिएिको छैन् । जेलर भर्खरै आएकाले सरुवा गर्न नमिलेको सिडिओ कट्टेलको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार