Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड र बाबुरामविरुद्धको मुद्दामा कारण देखाऊ आदेश

    प्रधानमन्त्री प्रचण्ड र बाबुरामविरुद्धको मुद्दामा कारण देखाऊ आदेश

    अनलाइन नेपाल
  • मंगलबार, ३० जेष्ठ २०८०
  • 831
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध परेको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ ।

    रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले माओवादी जनयुद्धकालमा बालसैन्यका रुपमा भर्ती भएका लेलिन विष्टलाई अयोग्य लडाकु बनाउनुको कारण प्रचण्डलाई सोधेको हो।



    न्यायाधीश मल्लको इजलासले सो मुद्दामा अग्रधिकार दिने आदेश दिएको छ । विष्टले आफूलाई अयोग्न लडाकुको बिल्ला भिराई शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराईविरुद्ध सर्वोच्चमा रिट दिएका थिए।



    निवेदक विष्टले बाल सेनाको रूपमा परिभाषित गरी पहिचान दिलाई राहत,परिपुरण,क्षतिपूर्ति र न्याय दिलाउन विपक्षीका नाममा परमादेश माग गरेका थिए।

    यसअघि विष्टको रिट सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो। सर्वोच्चको रजिस्ट्रारले जेठ १६ गते विष्टको निवेदन दरपीठ गरेका थिए। रिट निवेदन दरपीठ भएपछि विष्टले पुनः दर्ताको माग गर्दै जेठ १८ गते निवेदन दिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार