काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट कम्पनीको आइपिओ बाँडफाँट भएको छ।
बिक्री प्रबन्धक प्रभु क्याटिलको कार्यालयमा आज भएको बाँडफाँटमा गोलाप्रथामार्फत ६४ हजार ३६६ जनाले सेयर पाएका छन्।
जसमध्ये भाग्यमानी ७ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन्। उक्त आइपिओमा कुल ११ लाख ८५ हजार २०६ जनाले आवेदन दिएकोमा १ लाख ७ हजार ४६६ जनाको आवेदन रद्द भएको छ।
कम्पनीले जेठ १८ गतेदेखि २२ गतेसम्म उक्त आइपिओ बिक्री खुला गरेको थियो।
कम्पनीले जारी पुँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ८ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ४० हजार कित्तामध्ये ५६ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरू तथा २ लाख ८० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको थियो।
सोमध्ये ८७ हजार ६७० कित्ता सेयर बाँडफाँट गरिएकोमा १ लाख ९२ हजार ३३० कित्ता सेयर बाँकी रहेको थियो।
Leave a Reply