Online Nepal
  • मंगलबार, २९ असोज २०८१
  • पशुपतिमा सुनको जलहरी जोख्दा नपुगे कारबाही भोग्न तयार छु : सदस्यसचिव थापा

    पशुपतिमा सुनको जलहरी जोख्दा नपुगे कारबाही भोग्न तयार छु : सदस्यसचिव थापा

    अनलाइन नेपाल
  • मंगलबार, ३० जेष्ठ २०८०
  • 777
    SHARES

    काठमाडौं । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापाले पशुपतिमा सुनको जलहरी लगाउँदा सुन गायब गरेको प्रमाणित भए जस्तोसुकै कारबाही भोग्न पनि तयार रहेको बताएका छन्।

    मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सदस्यसचिव थापाले यस्तो बताएका हुन् ।



    सदस्यसचिव थापाले पशुपतिमा सुनको जलहरी लगाउँदा सुन गायब गरेको भए आफू जस्तोसुकै कारबाही भोग्न तयार रहेको बताए। आफूलाई बिना आधारमा सुन हिनामिना गरेको आरोप लगाएको सदस्यसचिव थापाको भनाई छ ।



    सदस्यसचिव थापाले संसदीय समितिमा रुँदै यस विषयमा न्याय माग्न आत्महत्या गर्नुपर्ने हो भन्दै प्रश्न गरेका थिए। उनले राष्ट्र बैंकसँगको सम्झौता अनुसार १०३ केजी सुन ल्याएको र तत्कालीन प्रधानमन्त्री केपी ओली र तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको निर्देशनमा छिटो काम गरेको बताए ।

    अदालतबाट सुनको जलहरी हाल्न हुँदैन भनेर स्टे अर्डर जारी भएको बेला ९६ किलो ८२२ ग्राम सुन तयार भएको र १० किलो सुन जलहरीका लागि तयारी नभएको हुँदा माइनुटमा मात्रै नलेखिएको र उक्त १० किलो पशुपतिनाथ मन्दिरमा नै रहेको थापाको दाबी छ ।

    उनले १० किलो सुनका कारण आफ्नो बेइज्जत भएको भन्दै सुन जोख्दा नपुगे मृत्युदण्ड भोग्न पनि तयार रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार