Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • बजेट विवाद मिलाउन सत्तारुढ दलका शीर्ष नेतालाई बालुवाटार बोलाए प्रचण्डले

    बजेट विवाद मिलाउन सत्तारुढ दलका शीर्ष नेतालाई बालुवाटार बोलाए प्रचण्डले

    अनलाइन नेपाल
  • मंगलबार, ३० जेष्ठ २०८०
  • 1K
    SHARES

    काठमाडौं । सत्तारुढ दहरुबीच नै आगामी आर्थिक वर्षको बजेटलाई लिएर विवाद उत्पन्न भएपछि गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भएको छ ।

    बालुवाटारमा भएको सत्ता गठबन्धनका शीर्ष नेताहरुबीचको छलफलमा बजेटमा देखिएको असन्तुष्टि सम्बोधन गर्ने र कोशी प्रदेशमा देखिएको अशान्तिबारे सबै पक्ष बसेर निकास खोज्न पहल गर्ने निर्णय भएको हो।



    छलफलमा बजेटमा सक्नेजति मिलाउने र अरू विषयमा पनि मिलाएर अघि बढ्ने भन्ने सहमति भएको बताइएको छ ।



    नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले बजेट विनियोजनप्रति चर्को असन्तुष्टि जनाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलका नेताहरुलाई छलफलका लागि बालुवाटार बोलाएर छलफल गरेका हुन् ।

    नेताहरुले सार्वजनिक रुपमै बजेट विनियोजन गर्दा पहुँचका आधारमा निश्चित क्षेत्रमा केन्द्रित गरेको भन्दै संशोधन नभए पारित हुन नदिने चेतावनी दिएपछि प्रधानमन्त्रीले समस्या सम्बोधनका लागि नेताहरुलाई बोलाएर समस्या समाधानका लागि अग्रसरता देखाएका हुन् ।

    त्यस्तै, कोशी प्रदेशमा सत्तारुढ दल माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा लगायतले नै कोशी प्रदेशको नाम फेर्नुपर्ने बताउँदै आएका बेला एमालेले भने सत्तापक्षकै उक्साहटमा आन्दोलन भइरहेको आरोप लगाएको छ ।

    मंगलबारको बालुवाटार छलफलमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, अर्थमन्त्री तथा कांग्रेस नेता डा.प्रकाशशरण महत, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठलगायतका नेताहरू सहभागी थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार