काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा स्वास्थ्य परीक्षण गरिएको छ ।
प्रधानमन्त्री दाहालको सोमबार दिउँसो ३ः४० बजे पूर्ण स्वास्थ्य परीक्षण गरिएको नर्भिक अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अस्पतालका अनुसार परीक्षणका क्रममा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य देखिएको छ । साथै सोही समयमा प्रधानमन्त्री पत्नी सीता दाहालको पनि नर्भिकमा फलोअप चेकजाँच भएको छ ।
Leave a Reply