Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • त्रिभुवन विश्वविद्यालयको आह्वान – मर्ज हुन चाहने क्याम्पसलाई असार मसान्तभित्र निवेदन दिनू

    त्रिभुवन विश्वविद्यालयको आह्वान – मर्ज हुन चाहने क्याम्पसलाई असार मसान्तभित्र निवेदन दिनू

    अनलाइन नेपाल
  • मंगलबार, ३० जेष्ठ २०८०
  • 639
    SHARES

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आपसमा गाभिइ समायोजन हुन चाहने क्याम्पसलाई असार मसान्तभित्र निवेदन पेस गर्न आह्वान गरेको छ ।

    विश्वविद्यालयको उपकुलपति कार्यालय योजना निर्देशनालयले आज सूचना सार्वजनिक गरेर असार मसान्तभित्र निवेदन दिन अनुरोध गरेको हो ।



    त्रिविबाट सम्बन्धन प्राप्त दुई वा दुईभन्दा धेरै क्याम्पस मर्ज हुन चाहेमा आफ्नो क्याम्पस सभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गरी योजना निर्देशनालयमा निवेदन दिन सक्नेछन् ।



    मर्ज हुन चाहेका क्याम्पसको बेग्लाबेग्दै निवेदन, सम्बन्धन र नवीकरण पत्रहरु, अक्षयकोषको रसिद र मर्ज गर्नुपर्ने औचित्य तथा समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णय पेस गर्नुपर्नेछ । साथै समायोजन बापत कुनै शुल्क नलाग्ने सूचनामा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार