Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • त्रिभुवन विमानस्थलबाट झन्डै सात किलो चरेससहित जर्मनी नागरिक पक्राउ

    त्रिभुवन विमानस्थलबाट झन्डै सात किलो चरेससहित जर्मनी नागरिक पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २९ जेष्ठ २०८०
  • 609
    SHARES

    फाइल तस्विर

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो ८६० ग्राम चरेससहित जर्मनी नागरिक पक्राउ परेका छन् ।

    टर्किस एयरको उडानद्वारा काठमाडौँबाट स्तानबुल हुँदै जर्मनी जान लागेका ६३ वर्षीय पाउल वेर्स्रट पक्राउ परेका हुन् ।



    उनको दुईवटा लगेजलाई विमानस्थलको प्रस्थान होल्ड ब्यागेज एरियामा जाँच गर्ने क्रममा उक्त लागूपदार्थसहित फेला परेको प्रहरीले जनाएको छ ।



    उनलाई आवश्यक कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं पठाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार