काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पुराना पार्टीमध्ये सबैभन्दा धेरै नेतृत्व परिवर्तन गर्ने पार्टी एमाले नै रहेको बताएका छन् ।
सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित मुलुकको वर्तमान राष्ट्रिय राजनीति अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।
महासचिव पोखरेलले पार्टीमा ७० वर्षको उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउने कुरा गलत रहेको बताए । उनले ७० वर्षको उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउने भन्नु गलत रहेको बताए।
महासचिव पोखरेलले भने, ‘एकतातिर एक जना मात्रै नेता, अर्कोतिर ५ जना नेता भएको पार्टी हो, त्यसैले यो विषय उठाएर नेतृत्वमा समस्या हुने भन्ने हुँदैन, ७० वर्षको उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउने, लोकतान्त्रिक विधि रोकिने भन्ने होइन।’
नेकपा एमाले लोकतान्त्रिक अभ्यास र नेतृत्वको जीवन्ततामा विश्वास गर्ने पार्टी भएको उनको भनाइ थियो । यस्तै पुष्पकमल दाहाल २०४५ सालदेखि लगातार प्रमुख पदमा रहेको सन्दर्भ जोड्दै उनले एमालेमा ०४५ सालपछि मदन भण्डारी, माधवकुमार नेपाल, झलनाथ खनाल, केपी शर्मा ओली प्रमुख बनेको बताए ।
नेकपा एकीकृत समाजवादीबाट एमालेमा प्रवेश गरेका नेता मुकुन्द न्यौपानेलाई केन्द्रीय कमिटीको सदस्यमा मनोनित गरिसकेपछि उठ्ने प्रश्नको सम्बोधनका रुपमा ७० वर्षे उमेर हद हटाइएको बताए । यस क्रममा उनले नेकपा एमाले पुराना पार्टीहरुमध्ये सबैभन्दा धेरै नेतृत्व परिवर्तन गर्ने पार्टी भएको पनि बताएका थिए ।
Leave a Reply