Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • जग्गा रजिष्ट्रेसन पास गर्न सेवाग्राहीसँग १५ हजार घुस माग्ने खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा

    जग्गा रजिष्ट्रेसन पास गर्न सेवाग्राहीसँग १५ हजार घुस माग्ने खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा

    अनलाइन नेपाल
  • सोमबार, २९ जेष्ठ २०८०
  • 690
    SHARES

    काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय बाराका खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    अख्तियारले मालपोत कार्यालय बारामा कार्यरत खरिदार रामविश्वास साह र गौरीशंकर कुमार कुशवाहाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।



    जग्गा रजिष्ट्रेसन पास गर्नका लागि सेवाग्राहीसँग १५ हजार घुस लिएको पुष्टि भएकाले साह र कुशवाहाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले बताए ।



    केही दिनअघि आयोगको टोलीले खरिदार साह र कुशवाहालाई १५ हजार घुससहित नियन्त्रणमा लिएको थियो। उनीहरूबिरुद्ध भ्रष्टाचार ऐन २०५९ को दफा ३ को उपदफा (१) वमोजिम जरिवाना र सजाय माग दावी गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार