Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • विद्युतीय गाडीको भन्सार अव्यवहारिक थियो, व्यवहारिक बनायौं : अर्थमन्त्री महत

    विद्युतीय गाडीको भन्सार अव्यवहारिक थियो, व्यवहारिक बनायौं : अर्थमन्त्री महत

    अनलाइन नेपाल
  • सोमबार, २९ जेष्ठ २०८०
  • 606
    SHARES

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतीय गाडीको भन्सार व्यवहारिक बनाएको बताएका छन् ।

    सोमबार संसदमा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।



    अर्थमन्त्री महतले विद्युतीय गाडीमा विगतमा भएको अव्यवहारिक भन्सारलाई व्यवहारिक बनाउन विद्युतीय गाडीलाई ५ वर्गमा छुट्ट्याएर कर लगाएको दाबी गरे।



    अर्थमन्त्री महतले १०० किलोवाटसम्म १० प्रतिशत र १०१ किलोवाट हुने बित्तिकै ३० प्रतिशत भन्सार लाग्ने कुरा व्यवहारिक नभएकोले ५ वर्गमा विभाजन गरेर व्यवहारिक मात्र बनाएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार