Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • विदेशीले सहायता दिन्नौं भनेपछि गाँजा खेती रोक्यौं : अर्थमन्त्री महत

    विदेशीले सहायता दिन्नौं भनेपछि गाँजा खेती रोक्यौं : अर्थमन्त्री महत

    अनलाइन नेपाल
  • सोमबार, २९ जेष्ठ २०८०
  • 846
    SHARES

    काठमाडौं। अर्थमन्त्री डा.प्रकाशशरण महतले विदेशीले सहयोग रोक्ने धम्कीपछि गाँजामाथि प्रतिबन्ध लगाइएको बताएका छन् ।

    सोमबार संसदमा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।



    अर्थमन्त्री महतले भने, ‘जुन देशले हामीलाई यो रोक, नभए सहयोग नै बन्द हुन्छ भने, उनीहरुकै कारण कानुन बनायौं, रोक्यौं । यो बिग बिजनेस भएको छ, उनीहरुले यसको फाइदा उठाइराख्ने, हामी पुरानै मानसिकतामा नबस्ने हो कि ।’



    अर्थमन्त्री महतले गाँजालाई प्रतिबन्ध लगाउनु अन्यथा सहायता नै दिन्नौं भनेपछि त्यस अनुसार नेपालले कानुन बनाएर रोक लगाएको बताए ।

    अहिले ती मुलुकले नै मेडिकल प्रपोजमा ठूलो विजनेस गरिरहेको अर्थमन्त्री महतले बताए ।

    गाँजालाई कसरी कार्यान्वयन गर्न सकिन्छ भनेर अध्ययन गरौं भनेको भन्दै भोलिदेखि नै लागु गरौं नभनेको उनले स्पष्ट पारे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार