सिन्धुली । सिन्धुलीमा कमलामाई खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा कमलामाई नगरपालिका-१३ माथिल्लो रानीबास बस्ने ६९ वर्षीय पूर्णबहादुर दाहाल रहेका छन् ।
सोमबार बिहान दाहाल र उनका ६८ वर्षीय छिमेकी कर्णबहादुर कार्की बिहान साढे ८ बजे गोरू किन्न सोही ठाउँको मडाहामा पुगेका थिए।
उनीहरू मडाहाबाट गोरू किनेर फर्किदा चन्दनपुरस्थित कमलामाई खोलाबाट गोरू तार्न खोज्दा दाहाललाई बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
खोलामा बेपत्ता भएका कार्कीलाई खोजी गर्नेक्रममा शव दुई किलोमिटर टाढा फेला परेको हो। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Leave a Reply