Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड, रेशम र मन्त्री रञ्जिताबीच भेटवार्ता

    प्रधानमन्त्री प्रचण्ड, रेशम र मन्त्री रञ्जिताबीच भेटवार्ता

    अनलाइन नेपाल
  • सोमबार, २९ जेष्ठ २०८०
  • 765
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरी र उनकी श्रीमती तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीबीच भेटवार्ता भएको छ ।

    गणतन्त्र दिवसको अवसरमा आममाफी पाएर रिहा भएपछि पहिलोपटक चौधरी र मन्त्री श्रेष्ठले सोमबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।



    उक्त भेटमा सुदूरपश्चिम सरकार, समसायिक राजनीतिकलगायत विषयमा छलफल भएको बताइएको छ । उनीहरुले पूर्व सहमतिअनुसार सुदूरपश्चिम सरकारमा दुईमन्त्री र एक राज्यमन्त्री दिन माग गरेको छ ।



    जवाफमा प्रधानमन्त्री प्रचण्डले नाउपासँग भएको सहमति अनुसार नै मन्त्रालय उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताइएको छ ।​

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार