काठमाडौं । नेपाली अश्लील सामग्री उत्पादन र प्रकाशन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
विदेशबाट वेबसाइट होस्टिङ गरेर नेपाली अश्लील सामग्री उत्पादन र प्रकाशन गरेको अभियोगमा काठमाडौं, गोंगबुका २३ वर्षीय सुरज श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।
ब्युरोका सह–निर्देशक नविन्द अर्यालका अनुसार उनले विदेशबाट वेवसाइट होस्टिङ गरेर नेपाली अश्लील चलचित्र प्रशासनण गर्ने गरेका थिए । एक पीडित युवतीले दिएको उजुरीको आधारमा प्रहरीले अनुसन्धान थालेको थियो ।
हाल उनले चलाएको वेवसाइट बन्द भइसकेको छ । पक्राउ परेका श्रेष्ठमाथि विद्युतीय कराोबार ऐन अनुसार ७ दिन म्याद थप गरेर अनुसन्धान थालिएको छ ।
Leave a Reply